बिर्तामोड । झापाबाट प्रकाशित इजलास दैनिकले आफ्नो १० औँ वार्षिकोत्सवका अवसरमा जिल्लामा विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गरेको छ । एक दशकको यात्रा प्रारम्भमा म्यागेजिन प्रकाशन गरेको इजलासले विमोचन गर्दै विभिन्न क्षेत्रमा योगदान गर्नेहरुको कदर गरेको हो ।
आज विर्तामोडस्थित सिटी सेन्टरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी उपरीक्षक बसुन्धरा खड्का, अरिदमन गण चारआलीका गणपति प्रमुख सेनानी सरोज थापा, सशस्त्र प्रहरीका उपरीक्षक अम्बिका प्रसाद जोशी, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका प्रसाद जोशी लगायतले संयुक्त रुपमा म्यागेजिनको विमोचन गर्नुभयो ।

सो कार्यक्रममा झापाका व्यवसायीसहित विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गरिएको थियो । पत्रिकाले एक दशक लामो प्रकाशन यात्रामा सहयोग पु¥याउने व्यक्ति तथा संस्थाप्रति कृतज्ञता व्यक्त गर्दै कदरसहित सम्मान गरेको थियो ।
सो अवसरमा नेपाल युवा उद्यमी मञ्च झापाका प्रथम उपाध्यक्ष मिजास पोखरेल, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी तथा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वक्ताहरूले स्थानीय पत्रकारिता सुदृढीकरणमा इजलास दैनिकले पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना दिएका थिए ।
१० वर्षको प्रकाशन यात्रा पूरा गरेको अवसरमा इजलास दैनिकले स्थानीय मुद्दा, विकास, सामाजिक सरोकार तथा जनचासोका विषयलाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आएको जनाएको छ । पत्रिकाले आगामी दिनमा पनि निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारितालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
टाइम्स मिडिया नेटवर्कका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा इजलास दैनिकका सम्पादक प्रदीप परियारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चालन रमेश तिवारीले गरेका थिए ।








प्रतिक्रिया