मनकुमार गदाल
दमक । बर्खायाम नजिकिएसँगै डेंगु रोग बढ्ने हुँदा शुरुमा सर्तकता अपनाउनुपर्ने दमकमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
झापाको दमक नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको डेंगु रोग सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले डेंगु रोग फैलनुभन्दा अघि नै सबैले सर्तकता अपनाउनु पर्ने बताएका हुन् ।
नगर प्रमुख राम थापाको अध्यक्षतामा भएको कार्यक्रममा यस रोगलाई बेलैमा ध्यान दिएर सर्तकता पूर्वक सचेतना जोगाउनु पर्ने सहभागी दमक वडा नं. ६ का वडा सदस्य कमल श्रेष्ठले बताउनु भयो । वडा सदस्य श्रेष्ठ र आधारभूत स्वास्थ्य केन्द्र दमक ८ का प्रमुख लोकनाथ गौतमले सचेतनासँगै डेंगु नियन्त्रणका लागि नगरपालिका, वडा कार्यालयहरुले गाडीबाट धुवासहितको स्प्रे किन नगरेको भन्ने नगर तथा वडावासीको धेरै फोन आउने गर्छ भन्ने प्रश्नको जवाफ दिदै स्वास्थ्य शाखाका प्रमुख बज्रेश कुमार मेहेताले स्प्रे छरेका कारण मानव स्वास्थ्यमा असर पर्ने हँुदा त्यो धुवा सहितको स्प्रे गर्ने काम बन्द गरेको बताउनु भयो । सबै भन्दा उत्तम उपाय लार्भा नष्ट नै रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत समेत रहनु भएको मेहताले बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी जनस्वास्थ्य अधिकृत अकिंत पाठकले डेंगु नियन्त्रण सम्वन्धिको अभिमुखीकरणमा सहजीकरण गर्नुभएको थियो । जनस्वास्थ्य अधिकृत पाठकले डेंगु रोगको परिचय , डेंगुको लक्षणहरु, त्यसको मृत्युदर, निदान,उपचार व्यवस्थापन,जोखिम, वातावरणीय सुरक्षा, व्यक्तिगत सुरक्षा लगायतका विषयमा प्रस्ततु गर्नु भएको थियो ।
डेंगु नियन्त्रणको लार्भा नष्ट र डेंगु नियन्त्रणका लागि विधार्थी लगायतका सरोकारवाला पक्ष बीच सचेतना जगाउनु पर्ने लगायतका विषयमा आम्दा अस्पताल दमकका ल्याव इचान्र्ज अमित राज पाण्डे, किओच दमक वाल अस्पतालका ल्याव टेक्निसियन हिमालय गुरागाई र स्वास्थ्यकर्मी भिमा भटराईन्यौपाने आदिले छलफलमा बोल्नु भएको थियो ।
कार्यक्रममा दमकका विभिन्न वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्र प्रमुख, प्रतिनिधि, विद्यालय नर्स, दमक भित्रका अस्पताल, निजी ल्याबका टेक्निसियन, स्वास्थ्यकर्मीहरु, नेपाल प्रहरी र नगर प्रहरी प्रमुख तथा प्रतिनिधिहरु सहभागी रहेका स्वास्थ्य शाखाका अधिकृत अग्नि प्रसाद चम्लागाईले जानकारी दिनुभयो । कार्यक्रमका अध्यक्ष नगर प्रमुख थापाले सहभागीहरुको सुझावका आधारमा अभियानको रुपमा सचेतना लगायतका कार्यक्रम ल्याउने बताउनुभयो ।







प्रतिक्रिया