Banner news

बिर्तामोडमा पुरुषको शव फेला

बिर्तामोडमा पुरुषको शव फेला


बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १ मा विहान एक पुरुषको शव फेला परेको छ । उक्त शव सुरुङा घर भएका अशोक ढुङगेलको रहेको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

चालक पेशा गर्दै आएका ढुङगेलको शव बिर्तामोडस्थित बाल्मिकी लिंकन कलेज पूर्वमा रहेको बाँसघारीभित्र फेला परेको हो । शवलाई प्रहरीले घेरा लगाएको छ भने परिवारलाई खवर पठाइएको प्रहरीले जनाएको छ ।
शवको सनाखत भएको छैन । शवको बारेमा प्रहरी आवश्यक अनुसन्धान अघि बढाएको छ ।
अपडेट

शेयर गर्नुहोस :

0
Shares