बिर्तामोड । जिल्ला निर्वाचन कार्यालय झापाका दुई जना कर्मचारीलाई गुण्डागर्दीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मेचीनगर –१० का कविराज गुरागाई र बिर्तामोड–७ का पराजय चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार उनीहरुले भद्रपुरस्थित उडल्याण्ड होटलमा गुण्डागर्दी गरेकोमा आरोपमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार जेठ २७ गते राती १ बजे होटलभित्र प्रवेश गरेर उनीहरुले हतियार देखाएर गुण्डागर्दी गरेका थिए ।
तत्कालै प्रहरीलाई खवर गरेपछि हतियार फालेर फरार उनीहरुलाई २९ गते प्रहरी निरीक्षक विजय चौहानको टोलीले जिल्ला निर्वाचन कार्यालय अगाडिबाट पक्राउ गरेको थियो ।







प्रतिक्रिया