Banner news

हात्तीको आक्रमणबाट मेचीनगरमा पद्मा पौडेलको मृत्यु

हात्तीको आक्रमणबाट मेचीनगरमा पद्मा पौडेलको मृत्यु


झापा। जंगली हात्तीको आक्रमणबाट मेचीनगर – ४ मा ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको छ ।

आज बिहान ५ बजेतिर वडा कार्यालय अगाडि आफ्नै घरबाट बाहिर निस्कने क्रममा अचानक एउटा जंगली हात्ती आई उहाँलाई आक्रमण गरेको थियो ।

हात्तीले कुल्चिदा उहांको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि बाहुनडांगीका बासिन्दा आक्रोशित भएका छन् । उनीहरुले जनधनको सुरक्षाका लागि राज्यले पर्याप्त ध्यान नदिएको गुनासो समेत गरेका छन् ।

हाल दिनहुँ भारतबाट हुलका हुल जंगली हात्ती बाहुनडाँगी भित्रिने गरेका छन् । हात्ती छेक्न सीमा क्षेत्रमा लगाइएको पुरानो विद्युतीय घेराबेरा मर्मत सम्भारको अभावमा जीर्ण र निकम्मा भइसकेको स्थानीयबासीले बताउँदै आएका छन् ।

शेयर गर्नुहोस :

0
Shares