दमक । लक्ष्मी बेराङ्घ सामुदायिक बचत तथा ऋण सहकारी संस्था दमकले विशेष परिस्थितका कारण भन्दै दुई वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
झापाको दमक ४ स्थित चियादोकानमा रहेको लक्ष्मी बेराङ्घले सोमवार संस्थाको २७औं र २८औ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । दमक ९ स्थित चरकपाडा धिमाल ग्रामथानमा लक्ष्मी वेराङ्घले आर्थिक वर्ष०८०-०८१ र ०८१-०८२ को वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष बुद्धिलाल धिमालले प्रस्तुत अध्यक्ष प्रतिवेदन र लेखा समितिको लेखा प्रतिवेदन छलफल,बहस पछि सशोधन सहित पारित गरेको संस्थाकी ब्यवस्थापक कमला विश्वकर्माले बताउनु भयो । साधारण सभाको बन्द सत्रमा ऋण लगानी प्रकृया, धितो राखेर की धितो विना जमानीमा ऋण दिनुका कारण, खराब ऋणकोहरु, निष्कृय सञ्चालक समिति सदस्य, ऋण उपसमितिको काम कर्तब्य, कर्जा लगायतका विषयमा लक्ष्मी बेराङ्घ सामुदायिक संस्थाकी सस्थापक सदस्य मन्जु धिमाल लगायतले राखेको प्रश्नको जवाफ अध्यक्ष बुद्धिलाल धिमाल र सचिव मणीराज धिमालले दिनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि धिमाल जातीय विकास केन्द्रको राष्ट्रिय सभा अध्यक्ष तथा दमक नगरपालिका कार्यपालिका सदस्य लोक बहादुर धिमालले सहकारी संस्थाको मर्म र सञ्चालन विधि बुझे मात्र सहकारी संस्था बलियो हुने बताउनु भयो ।
म बेगार सहकारी संस्था चल्दै भन्ने अहम भन्दा पनि सहकारी विधि प्रकृयामा चले मात्र गन्तब्यमा पूग्न सक्ने धिमाल जातीय विकास केन्द्रको राष्ट्रिय सभा अध्यक्ष धिमालले बताउनु भयो । लक्ष्मी वेराङ्घकै संस्थापक अध्यक्ष राम बहादुर धिमालले ठोस कर्जा प्रवाहको मापदण्ड कार्यन्वयन गर्नुपर्ने, बेलाबेला अनुगमन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा धिमाल जाती विकास केन्द्रकका निर्वतमान कविराज धिमाल लगायले बोल्नु भएको थियो ।







प्रतिक्रिया