मुख्य समाचार

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ


काठमाडौँ, ३ असार – राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा विद्यालयमा अध्ययनरत छात्रछात्रालाई जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिमको शुभारम्भ गरेको छ ।
दुई चरणमा सञ्चालन हुने उक्त तालिममा छ हजार ६३० जना विद्यार्थी समेटिने छन् । यसअन्तर्गत पहिलो चरणमा संस्थागत तालिम र दोस्रो चरणमा वार्षिक सामूहिक क्याम्प सञ्चालन सञ्चालन हुनेछ ।
त्यसैगरी, ३६ वटा विद्यालयमा अध्ययनरत एक हजार ८० जना छात्रछात्रा समावेश गरी आगामी भदौदेखि सिनियर डिभिजन तालिम सञ्चालन गर्ने योजना रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यी तालिममा सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, अनुशासनलगायत विविध विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।
विसं २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दलले आफ्नो स्थापनाकालदेखि हालसम्म ८९ हजार ८९४ जनालाई सिनियर तथा जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिम प्रदान गरिसकेको छ । राष्ट्रिय सेवा दलमार्फत तालिम प्राप्त व्यक्तिहरू केन्द्र, प्रदेश र जिल्लास्तरसम्म रहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares