मुख्य समाचार

दुई परीक्षार्थीलाई एक वर्षसम्म बोर्ड परीक्षामा प्रतिबन्ध

दुई परीक्षार्थीलाई एक वर्षसम्म बोर्ड परीक्षामा प्रतिबन्ध


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले दुई परीक्षार्थीलाई एक वर्षसम्मका लागि बोर्ड परीक्षामा प्रतिबन्ध लगाएको छ । २२७४४३०१ र ३५५०००७६ क्रमांक भएका परीक्षार्थीलाई कारबाही गरिएको बोर्डले जनाएको हो ।

“निम्न क्रमांक भएका परीक्षार्थीहरूको चालु खण्ड परीक्षाका सम्पूर्ण विषय रद्द गरिनुका साथै थप एक वर्ष बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने कारबाही गरिएको छ,” बोर्डले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आजै बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । यसैक्रममा दुई जनालाई कारबाही गरिएको बोर्डले जानकारी दिएको हो ।

शेयर गर्नुहोस :

0
Shares