बिर्तामोड । पश्चित बंगालस्थित बागडुग्रामा नेपाली कार अनियन्त्रित भई दुर्घटनामा परेको छ । केहीबेर अघि दुर्घटनामा परेको गाडिको बिच भागमा ‘टुक्रिएको’ छ ।
गाडिमा सवार ४ जनालाई स्थानीय अस्पतालमा लगिएको बागडुग्रा पेजले सार्वजनिक गरेको छ । गाडि सडक किनारमा रहेको रुखमा ठोक्किएको देखिएको छ ।

पेजमा बताइए अनुसार गाडि दुई टुक्रा भएको छ । सडकभन्दा बाहिर भागमा पुगेको गाडिलाई बागडुग्रा ट्राफिकले क्रेन मार्फत निकालेको छ । सिलिगुडीबाट नेपाल तर्फ आउँदै गरेको कारमा सवार कसैको पनि पहिचान भइसकेको छैन । गाडि नम्बर बागमती प्रदेश –०१ – ०३२ च १६६० हो । अपडेट







प्रतिक्रिया