Banner news

बागडुग्रा कार दुर्घटना : बिर्तामोडका युवा अमित चौधरीको अवस्था गम्भीर

बागडुग्रा कार दुर्घटना : बिर्तामोडका युवा अमित चौधरीको अवस्था गम्भीर


बिर्तामोड । सिलिगुडीबाट आज साँझ नेपाल तर्फ आउँने क्रममा दुर्घटनामा परेको कार बिर्तामोडको रहेको खुलेको छ । बिर्तामोड बोलबम मण्डीमा घर भएका अमित चौधरी कारमा सवार रहेको बुझिएको छ ।
युवा व्यवसायी चौधरी कार दुर्घटनामा परेका हुन् । उनको सिलिगुडीस्थित ग्यालेक्सी हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।

पश्चित बंगालस्थित बागडुग्रामा कार अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको गाडिको बिच भागमा ‘टुक्रिएको’ छ । गाडिमा ४ जना सवार भनिए पनि एकिन हुन सकेको छैन । गाडि सडक किनारमा रहेको रुखमा ठोक्किएको देखिएको छ ।

सडकभन्दा बाहिर भागमा पुगेको गाडिलाई बागडुग्रा ट्राफिकले क्रेन मार्फत निकालेको छ । सिलिगुडीबाट नेपाल तर्फ आउँदै गरेको कारमा सवार चौधरीको अवस्था गम्मीर रहेको भारतीय प्रहरी अधिकारीले जानकारी दिएका छन् । चौधरीको आफन्त परिवार हस्पिटल पुगिसकेको बुझिएको छ ।

शेयर गर्नुहोस :

2k
Shares