काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका त्रुटि, विरोधाभास र अपूर्णताहरू सच्याउँदै संशोधनमार्फत थप समावेशी, न्यायपूर्ण र समृद्ध बनाउने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि आएको बताउनुभएको छ ।
चितवनको भरतपुरमा रास्वपाकाे पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले देश अझै पनि सुशासन, समृद्धि, सामाजिक न्याय र वास्तविक समानताको खोजीमा रहेको बताउनुभयो । उहाँले संविधानले सङ्घीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षताजस्ता महत्त्वपूर्ण उपलब्धि संस्थागत गरे पनि ती विषयहरू पूर्णरूपमा कार्यान्वयन हुन नसकेको टिप्पणी गर्नुभयो ।








प्रतिक्रिया