Banner news

जनमत पार्टीकाे सपना पनि रास्वपामार्फत नै पूरा हाेस् : सीके राउत

जनमत पार्टीकाे सपना पनि रास्वपामार्फत नै पूरा हाेस् : सीके राउत

चितवन, ७ असारः जनमत पार्टीका अध्यक्ष डा राउत-मन्तव्य चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाण्डाै – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले नवयुवा आन्दोलनको भावलाई नबिर्सन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिनुभएको छ ।

चितवनको भरतपुरमा रहेकाे गेस्ट हाउस चौरमा आयोजित रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले नवयुवा आन्दाेलनबाट प्राप्त विश्वास नभुल्नका लागि रास्वपालाई सम्झाउन पनि आफू महाधिवेशनमा सहभागी हुन आएको बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘नवयुवा आन्दोलनको भावलाई नबिर्सनु होला भनेर सम्झाउन पनि म यो महाधिवेशनमा आएको हुँ । तपाईँहरू जुन आन्दोलनबाट उदय हुनुभएको छ, जुन जनआस्था प्राप्त गर्नुभएको छ, विश्वास प्राप्त गर्नुभएको छ, त्यसलाई कहिल्यै पनि नबिर्सनु होला भनेर पनि म यहाँबाट भन्न चाहन्छु । हाम्रो पार्टी फरक होला केही छैन । हामी भन्छौँ– देश बनाउने हाम्रो सपना पनि तपाईँमार्फत नै पूरा होस्, हामी त्यो चाहन्छौँ ।’

अध्यक्ष राउतले रास्वपाले नवयुवा आन्दोलनका शहीदहरूको सपनालाई पनि नबिर्सने विश्वास व्यक्त गर्नुभयो ।

शेयर गर्नुहोस :

108
Shares