काठमाण्डाै – नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्ति दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूराजनीतिक दबाव नेपालजस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ । त्यसो भएको हुनाले तपाईँहरूको यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका लागि सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ । सरकारले अझै १०० दिन पूरा गरेको छैन ।
आलोचना गर्न मन छैन र यो आलोचना गर्ने थलो पनि होइन । तर पनि प्रारम्भिक केही निर्णय, केही गतिविधिहरूले प्रश्नहरू भने खडा गरेका छन् । तपाईँहरूले यो महाधिवेशनबाट ती प्रश्नहरूको जवाफ दिनुपर्छ ।’ ज्ञवालीले लोकतान्त्रिक संस्थाको सम्मान, आलोचनाको ग्रहणशीलता र जनमतप्रतिको उत्तरदायित्व कायम राख्न रास्वपालाई आग्रह गर्नुभयो ।







प्रतिक्रिया