बिर्तामोड । थर्पु–झापा एकता समाजको प्रथम अधिवेशन बिर्तामोडमा सम्पन्न भएको छ। अधिवेशनले कृष्णप्रसाद शिवाकोटीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । अध्यक्षका प्रत्यासी राजकुमार सुवेदीले शिवाकोटीलाई समर्थन जनाएसंगै अधिवेशन सर्वसम्मत चयन भएको हो ।
नवगठित अधिवेशनबाट उपाध्यक्षमा फिपध्वज काम्बाङ, सचिवमा देबेन्द्र कट्वाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा श्रीप्रसाद खनाल, देवीप्रसाद तिम्सिना, नरेन्द्र कटुवाल, यज्ञप्रसाद दाहाल, धनबहादुर सुन्दास, गणेशकुमार पोख्रेल, गोपीकृष्ण आचार्य, इश्वरी शिवाकोटी र चित्रबीर विश्वकर्मा सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक गोपीकृष्ण भट्राईले जानकारी दिए ।

१७ सदस्यीय समितिको कोषाध्यक्ष र अन्य सदस्यहरु भने नयाँ समितिले भुगोल, क्षेत्र र समावेशी मिलाएर मनोनयन गर्ने नवनिर्वाचित अध्यक्षले प्रतिवद्धता मन्तव्यका क्रममा जानकारी गराएका छन् । थर्पु–एकता समाज गत पुस १ गते जिल्ला प्रशासन कार्यालय झापमा विधिवत दर्ता भएको बताइएको छ ।
त्यस्तै दिपक भट्टराईको संयोजकत्वमा किशोर अधिकारी र यमुना खतिवडा कोइराला सदस्य रहेको लेखा समिति समेत सर्वसम्मत चयन गरेको छ ।
यसअघि समाजका अध्यक्ष चन्द्र सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा संविधानसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि रविन कोइराला , गणेश काम्बाङ, पुण्य पौडेल, गोपीकृष्ण भट्टराई, ओयम झापा सम्पर्क समाजका अध्यक्ष तारा पोख्रेल, दधिराम पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै समाजलाई संस्थागत रूपमा सुदृढ बनाउँदै समुदायबीच एकता, सहयोग र सामाजिक सद्भाव अभिवृद्धिमा सक्रिय भूमिका खेल्न आग्रह गरे ।
वक्ताहरूले जन्मथलो थर्पुसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै झापामा बसोबास गर्ने थर्पुवासीबीच आपसी सहकार्य, सामाजिक उत्तरदायित्व र सांस्कृतिक पहिचान संरक्षणमा समाजले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
अधिवेशनको अवसरमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा निर्जला सुवेदी, गार्वी बास्तोलाले नृत्य प्रस्तुत गरेका थिए भने डा.कुमार सुवेदीले गीत, देवी तिम्सिनाले कविता प्रस्तुत गरेका थिए । सावित्रा दाहालले सञ्चालन गरेको कार्यक्रममा स्वागत सोमनाथ सुवेदीले गरेका थिए ।







प्रतिक्रिया