बिर्तामोड । विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको खेलमा इजिप्टले न्यूजील्याण्डलाई ३–१ ले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ । पहिलो हाफमा पछि परेको अवस्था उल्टाउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो ।
खेलको सुरुवातदेखि नै न्यूजिल्यान्डले दबाब बनाएको थियो र पहिलो हाफमा फिन सम्र्यानको हेडर गोलमार्फत १–० को अग्रता लिएको थियो। इजिप्ट भने पहिलो हाफमा लय समात्न संघर्षरत देखिएको थियो । तर दोस्रो हाफमा खेलको सम्पूर्ण तस्वीर बदलियो ।

इजिप्टका आक्रमणहरू तीव्र बने र लगातार तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारे । इजिप्टका लागि मोस्ताफा जिकोले बराबरी गोल गर्दै पुनरागमनको सुरुवात गरे । त्यसपछि स्टार खेलाडी मोहम्मद सलाहले महत्वपूर्ण गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।
खेलको अन्त्यतिर ट्रेजेग्यूटले ८२औं मिनेटमा तेस्रो गोल थप्दै जित सुनिश्चित गरे । अन्तिममा न्यूजिल्यान्डले फर्कने प्रयास गरे पनि इजिप्टका गोलकिपरको उत्कृष्ट बचाउले उनीहरूलाई रोक्यो ।
यो जितसँगै इजिप्ट समूह जी को शीर्ष स्थानमा पुगेको छ । इजिप्टका लागि यो जित विशेष ऐतिहासिक मानिएको छ, किनकि लामो समयपछि विश्वकपमा महत्वपूर्ण सफलता हात परेको हो ।







प्रतिक्रिया