मुख्य समाचार

स्वस्थ्य प्रतिष्पर्धा गरेर मिडियालाई व्यवसायिक बनाउन जोड

स्वस्थ्य प्रतिष्पर्धा गरेर मिडियालाई व्यवसायिक बनाउन जोड


बिर्तामोड । झापाको बिर्तामोडमा झापामा सञ्चारः नीति र बजारको प्रभाव बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापाको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा आइतवार अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा फोनिजका केन्द्रिय उपाध्यक्ष अर्जुन जम्नेली राईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, फोनिजका संस्थापक अध्यक्ष दिपिन राई, फोनिजकी केन्द्रीय सदस्य भूमिका फियाक लिम्बु, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, प्रेस युनियनकी उपाध्यक्ष सविना लिम्बु, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्यलगायतले अहिलेको पत्रकारिताका चुनौतीका बिषयमा आ–आफ्नो धारण राखेका थिए ।

अधिकांश वक्ताहरुले मिडियाको बजारमा व्यवसायिक प्रतिष्पर्धा हुनुपर्ने धारणा व्यक्त गरेका थिए । वक्ताहरुले स्थानीय मिडियाका लागि स्थानीय सरकारको स्रोत काठमाडौंमा खर्च भइरहेको बताए । स्वस्थ्य प्रतिष्पर्धा गरेर मिडियालाई व्यवसायिक बनाउन अधिकांशले जोड दिए ।

अध्यक्ष राजवंशीले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा उपाध्यक्ष तिलक योन्जनले स्वागत तथा सचिव सन्तोष लिम्बुले सञ्चालन गरेका थिए ।

शेयर गर्नुहोस :

135
Shares