काठमाडौं । सशस्त्र प्रहरीले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना- २०८३ सार्वजनिक गरेको छ ।
सशस्त्र प्रहरी मुख्यालय, हलचोकमा आयोजित पत्रकार भेटघाटमा उक्त कार्य योजना सार्वजनिक गरिएको हो । कार्यक्रममा सशस्त्र प्रहरी प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले विपद प्रतिकार्यका निम्ति ८ हजार १८० सशस्त्र प्रहरी २४ घण्टा नै स्ट्याण्डबाई रहने बताए ।
विपद उद्वारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेश स्थापना गरिएको प्रवक्ता कार्कीले बताए । ती बेशमा आवश्यक संख्यामा सशस्त्र प्रहरी खटाइने भएको छ । त्यसअन्तर्गत कोशी प्रदेशमा ६, मधेशमा ११, बागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिममा ८ वटा बेश स्थापना गरिएको उनले जानकारी दिए ।
उक्त योजना कार्यान्वयनका लागि सशस्त्रसँग हाल ८२ वटा र्याफ्ट बोर्ड, ५३ वटा मोटरबोर्ड र १३४ जना गोताखोर रहेको पत्रकार भेटघाटमा जनाइयो । विपद प्रतिकार्यलाई दृष्टिगत गर्दै सशस्त्रले ८(८ वटा मास क्याजल्टी भेइकल र ए क्लास एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रवक्ता कार्कीले बताए ।
देशभर १० वटा आईआरटी (इमिडेट रेस्पोन्स टीम) तयार पारिएको भन्दै उनले विभिन्न २३ वटा कार्य योजना प्रस्तुत गरे ।







प्रतिक्रिया