Banner news

टिपरको ठक्करबाट बिर्ताबजारमा १० वर्षीया बालिकाको मृत्यु, अवस्था तनावग्रस्त

टिपरको ठक्करबाट बिर्ताबजारमा १० वर्षीया बालिकाको मृत्यु, अवस्था तनावग्रस्त


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ बिर्ताबजारमा टिपरको ठक्करबाट एक बालिकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।

आज साँझ ७ बजे बिर्ताबजारदेखि पश्चिम तर्फ अदुवा खोलामा रहेको पुलमा मे १ क ६४३ नम्बरको टिपरले ठक्कर दिँदा बिर्तामोड – ३ बस्ने किशोर चापागाईको १० वर्षीया छोरी अनुकृति चापागाईको मृत्यु भएको हो । दुर्घटना लगत्तै बालिकाको उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको थियो । हस्पिटलमा चिकित्सकले मृत घोषणा गरेको बुझिएको छ । प्रहरीका अनुसार बालिकाको शव अस्पतालमै राखिएको छ ।

बालिका ठक्कर दिने टिपरलाई स्थानीयले घेराबन्दी गरेका छन् भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । अवस्था तनावग्रस्त बनेपछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएको छ ।

शेयर गर्नुहोस :

0
Shares