Banner news

झापामा लागू औषध दुरुपयोग विरुद्ध सचेतनामुलक र्याली

झापामा लागू औषध दुरुपयोग विरुद्ध सचेतनामुलक र्याली


भद्रपुर । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा झापामा बृहत् सचेतनामुलक ¥याली सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा शुक्रवार भद्रपुरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त ¥यालीमा जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ स्थित रजक चोकबाट सुरु भएको सचेतनामुलक ¥यालीले वडा नम्बर १० मा पर्ने चन्द्रगढी बजारको परिक्रमा गरेको थियो । बजार परिक्रमा गरेपश्चात ¥याली औपचारिक रूपमा समापन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागू औषधको बढ्दो दुरुपयोग र यसको अवैध ओसारपसार रोक्न समाजमा सचेतना फैलाउने उद्देश्यले यस ¥यालीको आयोजना गरिएको हो ।

¥यालीमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्का र सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर घोडामारा झापाका सशस्त्र प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशीको विशेष उपस्थिति रहेको थियो । यसैगरी कार्यक्रममा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका सिनियर र जुनियर प्रहरी अधिकृतहरू सहित सयौं सकल दर्जाका सुरक्षाकर्मीहरूको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय झापाले उल्लेख गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares