Banner news

झापा जिखेविसमा नवनियुक्त अध्यक्ष र उपाध्यक्षको पद वहाली

झापा जिखेविसमा नवनियुक्त अध्यक्ष र उपाध्यक्षको पद वहाली


रोहित काफ्ले

भद्रपुर । झापा जिल्ला खेलकुद विकास समितिमा नवनियुक्त अध्यक्ष शेखर कँडेल र उपाध्यक्ष लक्ष्मी देवान राईले पदभार ग्रहण गरेका छन् ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका नवनियुक्त सदस्य सचिव विप्लव घोषको प्रमुख आतिथ्यमा हिजो अपरान्ह समितिकै सभाहलमा आयोजित समारोहका बीच नवनियुक्त अध्यक्ष कँडेल र उपाध्यक्ष देवानले पद वहाली गरेका हुन् ।


यसअघिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ अध्यक्ष रहेको कार्यसमितिको पदावधि सकिएसँगै समितिमा नयाँ नेतृत्वय चयन भएको हो । झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले सञ्चालन गरेको समारोहमा नवनियmु अध्यक्ष कँडेल र उपाध्यक्ष देवानले माइन्युटबुकमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका थिए ।

सो अवसरमा अध्यक्ष कँडेलले आफू खेलकुद विधाकै भएकोले खेलाडी र खेल प्रशिक्षकहरुको समस्या एवम् भावनासँग परिचित रहेकोले आफ्नो कार्यकाल खेलकुदको विकास एवम् खेलाडी र प्रशिक्षकहरुको समस्या समाधानमा केन्द्रित रहने प्रतिबद्धता जनाएका थिए ।

यसैगरी, उपाध्यक्ष देवानले पनि आफू बिनास्वार्थ सेवा गर्ने उद्देश्यले यो जिम्मेवारीमा आएको भन्दै समग्र खेलकुदकै विकास र समृद्धिमा आफ्नो कार्यकाल समर्पित रहने प्रतिबद्धता जनाइन् ।

अध्यक्ष कँडेल करातेका पूर्व खेलाडी तथा प्रशिक्षक हुन् भने देवान फुटबलकी पूर्व खेलाडी हुन् ।

समारोहमा प्रमुख अतिथि सदस्य सचिव घोषले नवनियुक्त पदाधिकारीलाई बधाइ–शुभकामना व्यक्त गर्दै झापा जिल्ला र सिंगो कोशी प्रदेशलाई सबै विधाका खेलकुदमा सर्वोत्कृष्ट बनाउने गरी कार्ययोजना तयार गरेर कार्यान्वयन गर्न निर्देशन दिए । उनले पनि आफू खेलकुद क्षेत्रकै भएकोले खेलकुद क्षेत्रको विकासको अर्जुनदृष्टिका साथ काम गर्ने र त्यसका लागि ससक्रिय साथ–सहयोग दिन आग्रह गरे ।

सदस्य सचिव घोषले राष्ट्रिय खेलकुदको तयारीमा लागन पनि झापालाई निर्देशन दिए भने खेलाडी र प्रशिक्षकहरुको मर्म आफूले बुझेकोले समस्या समाधान र भावना सम्बोधनका लागि आफू लागिपर्ने बताए ।
उनले ऐतिहासिक मेची रंगशाला र मेची क्याम्पसस्थित क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि विशेष पहल गर्ने पनि उल्लेख गरे ।

खेलकुदको विधागत संघ–संस्थाका पदाधिकारी एवम् झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत विभिन्न विधाका खेल प्रशिक्षक र स्वयम्सेवी प्रशिक्षकहरुको उल्लेख्य सहभागिता रहेको समारोहमा प्रदेश खेलकुद विकास बोर्डका नवनियुक्त सदस्य बालजीत राई, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, करातेका पूर्व खेलाडी एवम् अग्रज प्रशिक्षक मदन उप्रेती, जिल्ला खेलकुख विकास समितिका पूर्व सचिव एवम् राष्ट्रिय वक्सिङ महासंघका उपाध्यक्ष भोजराज सिटौला, झापा जिल्ला फुटबल संघका अध्यक्ष एवम् अग्रज फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’, झापा जिल्ला खेलकुद विकास समितिका पूर्व कार्यालय प्रमुख टहलदास मैनाली, समितिको कर्मचारी संघका अध्यक्ष बद्री विष्टलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमर्क बीच समितिलाई पूर्णता दिने विषयमा पनि छलफल भएको थियो । समितिमा बाँकी सदस्य नियुक्तिका लागि सरोकारवाला सबैपक्षसँग छलफल गरेर नियमानुसार निर्णय गरिने नवनियुक्त अध्यक्ष कँडेलले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares