मुख्य समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण आज

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण आज


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुँदैछ ।

आज बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रास्वपाले जनाएको छ । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो। सभापति लामिछानेले भने महाधिवेशनकै क्रममा भरतपुरमा पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

शेयर गर्नुहोस :

0
Shares