मुख्य समाचार

गरामनीका होम सुवेदी हल्दिबारीमा मृत फेला

गरामनीका होम सुवेदी हल्दिबारीमा मृत फेला


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–९ गरामनी निवासी होम सुबेदी मृत अवस्थामा फेला परेका छन्।
आज बिहान हल्दिबारी गाउँपालिका–२ स्थित शम्भु चोक नजिकको खेतमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शेयर गर्नुहोस :

270
Shares