बिर्तामोड । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ मेची इकाईको १० औँ इकाई अधिवेशनबाट अध्यक्षमा ललित बहादुर जाग्री निर्वाचित हुनुभएको छ ।
वरिष्ठ उपाध्यक्षमा गोपाल सुवेदी, उपाध्यक्षमा पुरन सिंह राउत, सचिवमा दिवश लामिछाने, सहसचिवमा आस सिंह, भवेस झा, कोषाध्यक्षमा पवन कार्की र सहकोषाध्यक्षमा देब कुमार शाह चयन हुनुभएको छ । वरिष्ठ उपाध्यक्ष, सचिव र कोषाध्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचित हुनुभएको हो ।
यस्तै, अधिवेशनबाट सदस्यहरुमा सन्देश काफ्ले, बिनोद प्रसाईं, दिपक राउत, चन्द्र प्रसाद खनाल र सुमित सिंह सर्वसम्मत हुनुभएको हो ।

गत शनिवार सम्पन्न अधिवेशन कार्यवाहक अध्यक्ष हेमन्त निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको सञ्चालन कार्यसमितिका सचिव मौसम घिमिरेले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष निरज पन्त रहनुभएको थियो । कार्यक्रममा अन्य छिमेकी इकाईका प्रतिनिधिहरूको समेत आतिथ्यता रहेको थियो । त्यस्तै अन्य शुभेच्छुक संघ संस्थाबाट समेत प्रतिनिधित्व रहेको र अग्रज व्यक्तित्व तथा मेची इकाईका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
नेपालमा औषधि उद्योग, स्वास्थ्य सेवा तथा औषधिको सुरक्षित र जिम्मेवार प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ औषधि बिक्री प्रतिनिधिहरूको हक, हित, पेशागत मर्यादा, क्षमता अभिवृद्धि तथा व्यवसायिक अधिकार संरक्षणका लागि स्थापित अग्रणी संस्था हो । संघले देशभरका औषधि बिक्री प्रतिनिधिहरूलाई संगठित गर्दै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सचेतनामूलक, सामाजिक तथा पेशागत गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।







प्रतिक्रिया