बिर्तामोड । समुदायमा सरकारी वकिल कार्यक्रम अन्तर्गत बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकाडेमीका विद्यार्थीहरुलाई कानुनी सचेतना प्रदान गरिएको छ ।
सरकारी वकिल कार्यालय झापाले मंगलवार विद्यालयमा आयोजना गरेको छलफल तथा अन्तरक्रियामा कानुनी सचेतना प्रदान गरिएको हो । कक्षा १२ मा अध्ययनरत १३० जना विद्यार्थीलाई सरकारी वकिल कार्यालयको काम, कर्तव्य र अधिकारी बारे जानकारी दिदैं कानुनी कारबाहीका विषयमा अवगत गराइएको थियो ।
लागूऔषध, साइवर क्राईम र बैंकिङ कसूर लगायतका विषयमा हुने अपराधका बारेमा कानुनी कारबाही प्रक्रिया जानकारी दिइएको छ ।

छलफल तथा अन्तरक्रियामा विद्यार्थीहरुले सरकारी वकिल कार्यालयलाई विभिन्न जिज्ञासाहरु राखेका थिए । सुराकी दिनेको गोपनीयता, पुरस्कारका विषयमा विद्यार्थीहरुलाई जानकारी दिएको थियो । विद्यार्थीले निर्दोष व्यक्तिले पनि न्याय नपाइरहेको सन्दर्भलाई जोडर सरकारी वकिलल कार्यालयका प्रतिनिधिहरुलाई जिज्ञासा राखेका थिए । उनीहरु सरकारी वकिल कार्यालय र विद्यार्थीबीचको समन्वयसँगै वकिल कसरी बन्ने विषयमा प्रश्न गरेका थिए ।
जिल्ला न्यायाधीवक्ता दिपेश प्रताप शाह, सहायक जिल्ला न्यायाधीवक्ताहरु केशव विष्ट, निशा खनाल र कृष्ण रिमालले विद्यार्थीहरुलाई सहजीकरण गर्नुभएको थियो । विद्यालयका प्रिन्सिपल देवेन्द्र हुँमागाईले विद्यालयस्तरमा कानुनी सचेतना प्रदान गर्न सहयोग गरेकामा सरकारी वकिल कार्यालय झापालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।







प्रतिक्रिया