दमक । झापाको दमक – ३ स्थित बेलडाँगी टुको एक सुन पसलको सटर फोरेर ठूलो परिमाणमा सुन चाँदीका गरगहना र चोरी भएको छ ।
दमक ३ को बेलडाँगी टु स्थित पिप्ले बजारमा रहेको सरस्वती ज्वेलरी रहेको घरको पछाडिबाट ढोका र सटर फोरेर सुनचाँदीका गरगहनासहितका सामग्री चोरी भएको हो । असार २४ गते विहान ८ बजे पसल खोल्न पुग्दा पसल फोरिएको अवस्थामा भेटिएको सरस्वती ज्वेलरीका सञ्चालक दिल बहादुर दर्नाल विश्वकर्माले बताउनु भयो ।
सुन पसल चोरीको घटनाको जानकारी पाउन साथ प्रहरी चौकी बाघखोर दमक ३ र इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरिक्षक प्रमोद खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सुन पसल चोरीको बिषयमा अनुसन्धान शुरु गरेको छ । दिउँसो सरस्वती ज्वेलरीका सञ्चालक विश्वकर्माले इलाका प्रहरी कार्यालय दमकमा खोजतलासका लागि निवेदन दिएको कार्यालयका प्रहरी निरीक्षक नविन राईले बताउनुभयो ।
सरस्वती ज्वेलरीका सञ्चालक दिल बहादुरले दिएको जानकारी अनुसार पसलबाट सुनको नौगेडी १८ पिस, सुनको पेन्डल १८ पिस, सुनको सिक्री र चन्दाहार लगायतका सुनका गहनाहरु अन्दाजी १० तोला सुन र चाँदीको करुवा १ थान, चाँदीको थाल ३ थान,पाउजु लगायतका चाँदीका साामग्री करिव १२ किलो चोरी भएको छिमेकी सुन पसलका सञ्चालक पदम शंकरले बताउनुभयो ।
सरस्वती सुन पसल छेउको अर्को सुन पसलको सुनचाँदीका गरगहना साँझ सोही पसलमा ल्याएर राख्ने गरेका कारण पनि दुवै पसलको सुन चाँदी समेत चोरी भएको दिल बहादुरले बताउनुभयो । एता पसलको सिसी क्यामेरा पनि मंगलवार बिग्रिएको बुझिएको छ । सरस्वती सुन पसलका सञ्चालकमध्येका अर्का सञ्चालक कुल बहादुर विश्वकर्माले विना विलको सुन चाँदीका सामग्री बेचबिखान गर्न ल्याएमा नजिकेको प्रहरी कार्यालयलाई खबर गरिदिन पनि आग्रह गर्नु भएको छ ।







प्रतिक्रिया