बिर्तामोड । झापा प्रहरीले अपराधिक लाभ, शरीर बन्धक र संगठित अपराध सम्बन्धी मुद्दामा बिर्तामोड – ४ का गंगा बहादुर गिरीलाई पक्राउ गरेको छ ।
४४ वर्षीय गिरीलाई बिहीवार बिर्तामोड – ३ स्थित बिर्ताबजार क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता रञ्जन अवाका अनुसार गिरीलाई अपराधिक लाभ (एक्सटर्सन), शरीर बन्धक र संगठित अपराध सम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।
प्रहरीले झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान कार्यलाई अघि बढाएको जनाएको छ ।








प्रतिक्रिया