मुख्य समाचार

गोमेन्द्रका विद्यार्थीले बिर्तामोडमा संकलन गरे ५ टन फोहोर

गोमेन्द्रका विद्यार्थीले बिर्तामोडमा संकलन गरे ५ टन फोहोर


बिर्तामोड । गोमेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले बिर्तामोडमा पाँच टन फोहोर संकलन गरेका छन् । उनीहरुले संकलित फोहोर बिर्तामोडको फोहोर संकलन शाखालाई जिम्मा लगाएका छन् ।

गोमेन्द्रको आयोजना तथा लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको सहआयोजनामा आयोजित ‘ट्र्यास म्याराथन’ प्रतियोगितामा फोहोर संकलन गरिएको थियो । शुक्रवार बिर्तामोडको मुक्तिचोक क्षेत्रमा आयोजित कार्यक्रममा गोमेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले ‘ट्र्यास म्याराथन’ मा सहभागिता जनाएका हुन् ।

प्रतियोगितामा सहभागी विद्यार्थीलाई प्रतिस्पर्धात्मक रूपमा फोहोर संकलन गर्न प्रोत्साहित गरिएको थियो । मुक्तिचोक तथा आसपासका क्षेत्रबाट करिब पाँच टन फोहोर संकलन गरिएको क्याम्पसले जनाएको छ ।

विजेताहरूको घोषणा आगामी सोमबार गरिने गोमेन्द्र बहुमुखी क्याम्पसका प्रमुख तथा प्राचार्य डा. रुपकप्रसाद खनालले जानकारी दिए । उनका अनुसार प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी वा समूहलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

साथै, विद्यार्थीहरूबीच आयोजित टिकटक प्रतियोगितााका विजेता मध्येबाट छनोट गरिने एक उत्कृष्ट सहभागीलाई नगद ५ हजारको विशेष ‘सरप्राइज’ पुरस्कारसमेत प्रदान गरिने क्याम्पसले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares