काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका–७ को सुँगरे क्षेत्रमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शनिबार दिउँसो केदारस्यूँबाट दुर्गाथली गाउँपालिका–६ चुवापनतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब करिब ३०० मिटर तल खसेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
यसैबीच, बझाङबाट निर्वाचित सांसद तथा नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले घाइतेहरूको उद्धारका लागि हेलिकोप्टरको समन्वय भइरहेकाले संयमित रहन आग्रह गरेका छन् ।
‘बझाङको सुँगरे दुर्घटनाका सख्त घाईतेहरुको उद्दारका लागि सुर्खेतबाट हेलिकोप्टर उडिसकेकाले अबको केही समयमा दुर्घटनास्थल पुग्ने भएकोले नआत्तिन अनुरोध छ ।’ महरले फेसबुकमा लेखेका छन्, ‘दुर्घटनामा ४ जनाको मृत्यु भएको खबरले भक्कानिएको छु । जीवितहरुको जीवन रक्षाको लागि हदैसम्मको कोशिश रहनेछ । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । घाइतेहरुको जीवन रक्षाको लागि हदैसम्मको प्रयास जारी छ ।’







प्रतिक्रिया