Banner news

बिर्तामोड नगरपालिकाले घटायो घरबहाल कर, अब ५ प्रतिशत मात्रै

बिर्तामोड नगरपालिकाले घटायो घरबहाल कर, अब ५ प्रतिशत मात्रै


बिर्तामोड । झापा बिर्तामोड नगरपालिकाले घरबहाल कर घटाएको छ । १० प्रतिशत घरबहाल कर लिदैं आएको बिर्तामोडमा अब ५ प्रतिशत मात्रै लिइने बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिनुभयो ।

आज सम्पन्न बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको नवौं अधिवेशनको दोस्रो बैठकमा नगरप्रमुख प्रसाईले उक्त निर्णयबारे जानकारी गराउनु भएको हो । नगरसभाले घरबहाल सम्बन्धी गरेको निर्णयसँगै नयाँ आर्थिक वर्षबाट ५ प्रतिशत घर बहाल कर बुझाए हुने छ ।

बिर्तामोड नगरपालिकाले वार्षिक साढे ४ करोड रुपैयाँ बहाल कर उठाउदै आएको थियो । घरबहाल कर अनिवार्य रुपमा उठाउनका लागि सहुलियत प्रदान गरिएको नगर प्रमुख प्रसाईको भनाई छ ।

बिर्तामोडमा घरभाडा बराबरको घरबहाल कर उठ्न सकिरहेको छैन । एउटा भाडादर सम्झौता गर्ने र दर घटाएर कर तिर्नेहरुका कारण राजश्व संकलन प्रभावित हुँदै आएको जनाइएको छ । भाडा बराबरकै बहालकर बुझाउनेहरुलाई यो निर्णयले फाइदा पुग्ने भएको छ ।

नगरपालिकाले सबै व्यवसायी, घरधनीहरुको सहुलियतका यसअघिको व्यवस्था अनुसार ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो । यसअघि भाडाको १० प्रतिशत बहाल कर बुझाउनु पर्ने थियो भने अब ५ प्रतिशत बुझाए हुने छ ।

शेयर गर्नुहोस :

0
Shares