मुख्य समाचार

मिडिया हाउसको गेटमा बेवारिसे गाडी राखेर आतंकित पार्नेलाई कारबाही गर्न महासंघको माग

मिडिया हाउसको गेटमा बेवारिसे गाडी राखेर आतंकित पार्नेलाई कारबाही गर्न महासंघको माग


काठमाडौं । काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिनजको कार्यालय गेटमै बेवारिसे कार छाडेर आवतजावतमा अवरोध गरिएको थियो ।

महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति निकाल्दै तत्काल गाडीको अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँग माग गरेका छन् ।

सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुर्‍याउने यो घटना निन्दनीय र रहस्यमय भएको भन्दै महासंघले तत्काल छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ । ती गाडी हटाउन महासंघले सुरक्षा निकायसँग समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares