मुख्य समाचार

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो


काठमाडौँ, ३० असार – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ११ अंकले बढेर दुई हजार पाँच सय ७६ दशमलव २६ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शूल्य दशमलव ७९ अङ्कले उकालो लागेर ४५१ दशमलव ३४ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शूल्य दशमलव ३२ अङ्कले बढेर १७६ दशमलव ८८ मा पुगेको छ ।
सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव २० अङ्कले बढेर १५२ दशमलव ५० मा पुगेको छ । आज विभिन्न कम्पनीको एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर रु आठ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ मूल्यमा खरिद बिक्री भएको छ ।
आज १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घट्यो । आज १६४ कम्पनीको सेयर बढ्यो भने १०१ कम्पनीको सेयर घट्यो । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार कामना सेवा विकास बैंकको डिबेञ्चर, साङ्ग्रिला विकास बैंकको डिबेञ्चर, उपकार लघुवित्त संस्था लगायतका लगानीकर्ताले कमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैंक डिबेञ्चर र स्वावलम्वन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज गुमाएका छन् ।

शेयर गर्नुहोस :

0
Shares