विराटनगर – कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको छ।

कोशी प्रदेशमै उत्पादन भएका ढाका, खाँडी (खादी) र अल्लो तथा अन्य कपडाबाट निर्मित अफिस पोशाक अनिवार्य रूपमा प्रयोग गर्ने गर्न कर्मचारीलाई निर्देशन दिएको छ। बुधबार र शुक्रबार यो व्यवस्था लागू गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशले जानकारी दिएको छ। सोही निर्णयअनुसार सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले आजदेखि स्थानीय उत्पादनबाट बनेको पोशाक लगाउन सुरु गरेका छन्।
सरकारले साताको दुई दिन स्थानीय उत्पादनबाट बनेको पोशाक लगाउनुपर्ने व्यवस्था गरेको छ। यसका लागि नियमित रूपमा प्रदान गरिँदै आएको पोशाक भत्तामा प्रतिव्यक्ति वार्षिक ५ हजार ५०० रुपैयाँ थप गरी विशेष पोशाक सुविधा उपलब्ध गराइएको छ।







प्रतिक्रिया