मुख्य समाचार

हल्दिवारीको चालु खर्च ८८.१२ प्रतिशत

हल्दिवारीको चालु खर्च ८८.१२ प्रतिशत


बिर्तामोड । झापाको हल्दीबारी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२-०८३ को संक्षिप्त आय–व्यय तथा वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय जलथलले असार २९ गते एक सूचना जारी गर्दै चालु र पूँजीगत खर्चको विस्तृत विवरण सर्वसाधारणका लागि जानकारी गराएको हो ।

सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार चालु शीर्षक अन्तर्गत विनियोजित कुल बजेट ३५ करोड ६६ लाख ४४ हजार ९११ रुपैयाँ ८२ पैसामध्ये ३१ करोड ४२ लाख ८७ हजार ९१८ रुपैयाँ ५५ पैसा खर्च भएको छ । यो चालु बजेटको कुल ८८.१२ प्रतिशत प्रगति हो ।

त्यसैगरी, विकास निर्माणसँग जोडिएको पूँजीगत शीर्षक तर्फ गाउँपालिकाले उल्लेखनीय खर्च प्रगति हासिल गरेको छ । पूँजीगत तर्फ विनियोजित १५ करोड ७५ लाख ३८ हजार ६५० रुपैयाँ बजेटमध्ये १२ करोड ६८ लाख ८९ हजार ०७३ रुपैयाँ खर्च भएको छ, जुन कुल पूँजीगत बजेटको ८२.३१ प्रतिशत हुन आउँछ । समग्रमा गाउँपालिकाको कुल वित्तीय खर्च प्रतिशत ८६.३४ प्रतिशत पुगेको विवरणमा उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन (महेन्द्र) र आर्थिक प्रशासन शाखा प्रमुख डिकमान धमलाद्वारा हस्ताक्षरित यस विवरणसँगै स्थानीय सरकारले बजेट कार्यान्वयनमा सहयोग पु¥याउने सबै पक्षलाई धन्यवाद समेत ज्ञापन गरेको छ । चालु आर्थिक वर्षका कार्यक्रमहरूलाई सफल र परिणाममुखी बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा समन्वय, रचनात्मक सहजीकरण र योगदान पु¥याउने जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी, नागरिक समाज, सुरक्षा निकाय तथा सञ्चारकर्मी प्रति गाउँपालिकाले हार्दिक आभार प्रकट गरेको छ ।

शेयर गर्नुहोस :

54
Shares