मुख्य समाचार

राज्यले नागरिकलाई आतंकित बनाउने होइन – रास्वपा नेता मनिष झा

राज्यले नागरिकलाई आतंकित बनाउने होइन – रास्वपा नेता मनिष झा


काठमाडौं । रास्वपाका नेता  पूर्वमहामन्त्री मनिष झाले सञ्चार गृह र अन्य ठाउँमा गाडी राखेर अवरोध गरिएको प्रति घोर आपत्ति प्रकट गरेका छन् । उनले राज्य आफैंले आतङ्कित बनाउन नहुने धारणा राखेका छन् ।

नेता झाले बुधबार बिहान सामाजिक सञ्चार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ ।’

नागरिकको चिन्ता निराकरण गर्न सुझाव दिँदै उनले थप लेखेका छन्, ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन ।’

राज्यकै संरक्षणमा सञ्चार माध्यम र अन्य ठाउँमा अव्यवस्थित पार्किङ गरिएको तर्फ संकेत गर्दै उनले यस्तो बचपना देखाएर राजकाज चल्छ ?  भन्दै प्रश्न गरेका छन् । ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’ उनले लेखेका छन्, ‘के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ ।’

 

शेयर गर्नुहोस :

0
Shares