मुख्य समाचार

बेलायतमा किशोर किशोरीलाई सामाजिक सञ्जालमा कडाइ गर्ने कानुन ल्याइँदै

बेलायतमा किशोर किशोरीलाई सामाजिक सञ्जालमा कडाइ गर्ने कानुन ल्याइँदै


काठमाण्डौ – बेलायत सरकारले १६ र १७ वर्षका किशोर–किशोरीका लागि राति १२ बजेदेखि बिहान ६ बजेसम्म सामाजिक सञ्जाल स्वतः बन्द हुने गरी कानुन ल्याउने प्रस्ताव गरेको छ ।

प्रस्तावअनुसार इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता प्लेटफर्ममा मध्यरातपछि पहुँच स्वतः बन्द हुनेछ । साथै, किशोर किशोरीहरूलाई लामो समयसम्म अनलाइन राख्ने अटो–प्ले र इन्फिनिट स्क्रोल जस्ता सुविधा पनि पूर्वनिर्धारित रूपमा बन्द गरिनेछ । सरकारले यसबाट किशोर किशोरीहरूको निद्रा, पढाइमा ध्यान र पारिवारिक सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरेको बीबीसीले जनाएको छ ।

तर प्रयोगकर्ताले सेटिङ परिवर्तन गरेर यो सुविधा बन्द गर्न सक्ने भएकाले बाल सुरक्षा अभियन्ता र विपक्षी दलले यो उपाय पर्याप्त प्रभावकारी नहुने टिप्पणी गरेका छन् । सरकारले प्रस्तावित व्यवस्था सन् २०२६ भित्र कानुनी रूप दिएर लागू गर्ने लक्ष्य राखेको छ ।

शेयर गर्नुहोस :

0
Shares