Banner news

बिर्तामोडमा सुकुम्बासीहरुको घर भत्काएर विजोग बनाउने काम गर्दैनौं : उपप्रमुख संग्रौला

बिर्तामोडमा सुकुम्बासीहरुको घर भत्काएर विजोग बनाउने काम गर्दैनौं : उपप्रमुख संग्रौला


बिर्तामोड । बालेन सरकारले काठमाडौंमा सुकुम्बासीहरुको विचल्ली बनाएपछि देशभरका सुकुम्वासीहरु त्रसित छन् । सुकुम्बासीहरुको घर कुन बेला भत्केला भन्ने त्रास भइरहेको समयमा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उनीहरुलाई त्रसित नहुन आश्वासन दिनुभएको छ ।

गत असार २८ गते बिर्तामोड नगरपालिकाको नगरसभा समापनका क्रममा बोल्दै संग्रौलाले कुनै पनि सुकुम्बासीको घर नभत्काउने जानकारी दिनुभयो । यो कार्यकालमा सुकुम्बासीहरुको घर नभत्काइने स्पष्ट पार्दै बिर्तामोड नगरपालिकाले सुकुम्बासीहरुको घर तोडफोड गर्ने छैन, उहाँले भन्नुभयो – बालेन सरकारले जस्तो हामी सुकुम्बासीहरुलाई बिचल्ली बनाउने छैनौं । भत्काउनु पर्ने समय आएको दिन वैकल्पिक व्यवस्था मिलाइने छ ।

उहाँका अनुसार जमिन भएर पनि सुकुम्बासी बस्तीमा कोही बसिरहनु भएको छ भने उहाँहरुले हिउँदको समयमा ठाउँ खाली गर्नुपर्छ । आफ्नै जमिन छ तर सार्वजनिक जमिनमा बस्नु भएको छ भने बुझेरै ठाउँ छोडिदिनुपर्छ । त्यसका लागि नगरपालिकाका तर्फबाट आवश्यक समन्वय गर्ने उहाँको भनाई छ ।

सुकुम्बासीहरुको वैकल्पिक व्यवस्था नभई घर टहरा भत्काउने कार्य मानवीय नहुने उहाँको तर्क छ ।

शेयर गर्नुहोस :

0
Shares