बिर्तामोड । झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद इन्दिरा राना मगर आफ्नो निर्वाचन क्षेत्रको घुमफिरमा हुनुहुन्छ । आफ्नो क्षेत्रमा आएपछि उहाँ विभिन्न कार्यालय पुगेर जनताका समस्या राख्ने काममा व्यस्त देखिनुभएको छ ।
यातायात कार्यालय, बिर्तामोड नगरपालिका, विद्युत प्राधिकरण, बिर्तामोड नगर अस्पताल लगायतका कार्यालयहरुमा पुगेर विभिन्न समस्या राख्दै समाधानका लागि सूझाव दिनुभएको पाइएको छ । कार्यालय अवलोकन भ्रमणका क्रममा जनताका समस्या भन्दै विभिन्न विषयहरु राख्ने गर्नुभएको छ ।

सोही क्रममा सांसद मगर शुक्रवार दिउँसो बिर्तामोड नगरपालिकामा नगरप्रमुख पवित्रा महतारा प्रसाईलाई भेट गर्न नगरपालिकाको कार्यालय पुग्नुभयो । विशेष गरी बिर्तामोडको फुटपात, खाल्डाखुल्डीका समस्या बोकेर सांसद रानामगर नगरपालिका पुग्नु भएको थियो । खाल्डाखुल्डीका समस्या, सडक अतिक्रण गरेर बनाइएको ठाउँ खाली गर्ने विषयमा सांसदले चासो व्यक्त गर्नुभएको थियो ।
वडाध्यक्षहरुले नगर प्रमुखलाई राख्ने सामान्य समस्या बोकेर नगर प्रमुख भेट्न जानुभएको सांसदलाई नगर प्रमुखले प्रक्रिया र विधिहरुको बारेमा जानकारी दिनुभयो । फुटपात खाली गर्नेदेखि खाल्डाखुल्डीका समस्यामा नगर प्रमुख प्रसाईले आवश्यक सहजीकरण गर्नुभएको थियो । असोज १ गतेसम्म ढुङ्गा गिटी ल्याउन नसकिने देखि फुटपाट खाली गर्ने विषयमा नगर प्रमुखले स्पष्टसँग सांसद रानालाई बताउनुभयो ।
नगर प्रमुख र सांसदबीच कुराकानी भइरहँदा बिचमा कुरा काट्दै रास्वपाका केही कार्यकर्ताहरु बोलिरहे । माननीयको समेत मर्यादा नराखी रास्वपाका कार्यकर्ताहरु बिचबिचमा बोल्न थालेपछि सांसद राना नै उठेर रास्वपा कार्यकर्तालाई सम्झाउन थाल्नुभयो । नगर प्रमुख र सांसदको बिचमा कुराकानी भइरहेको बेला बिचमा कुरा काट्न नरोकिएपछि बसेको ठाउँबाट उठेर सांसदले आफनै कार्यकर्तालाई हात जोड्दै भन्नुभयो – ‘तपाईहरुलाई मैले आउनुहोस् पनि भनेको होइन । तपाईहरुलाई रिक्वेष्ट पनि … कुरा बुझ्नलाई आउने जति आउनु भनेको हो ।’ सांसदको आसय कार्यकर्ताको व्यवहार उचित नभएको प्रष्ट थियो ।
त्यतिकैमा सांसद मगरले आफू कोर्डिनेशन गरेर काम गर्न चाहेको र पालिका प्रमुखहरुसँग सम्पर्क गरिरहेको बताउनुभयो ।
दुई बिचमा कुराकानी भइरहँदा बिचमा कुरा काट्नेमा ताप्लेजुङ घर भई बिर्तामोड –२ बस्ने मुकुन्द दाहाल र बिर्तामोड – ९ का किरण बढाथोकी थिए । नगरप्रमुखसँग पूर्वाग्रही हिसावले कुरा गरेपछि नगर प्रमुखले भन्नुभयो – तपाईहरु झगडा गर्न आउनु भएको हो ? दादागिरी देखाउन आउनु भएको हो कि के हो ? ठालु कुरा नगर्नुहोस् ।
कुराकाटेर बिचमा बोल्नेहरुलाई नजिकै बसेका कार्यकर्ताहरुले थुमथुमाएको भिडियोमा स्पष्ट देखिन्छ । नगर प्रमुख प्रसाईले सांसदहरुसँग आउनेहरुलाई बुझेर मात्र बोल्न निर्देशन दिनुभएको थियो ।
बोल्न जस्तो काम गर्न सजिलो नभएको भन्दै नगर प्रमुख प्रसाईले कुराकाट्नेहरुलाई सम्झाउनु भएको भिडियोमा देखिन्छ । नगर प्रमुख र सांसदबीचमा भएको कुराकानीका क्रममा कुरा काट्दै बिचमा बोल्नेहरुमा सामान्य अनुशासन नभएको टिप्पणी गर्नुभयो । नगर प्रमुखले भन्नुभयो, खाल्डाखुल्डीको के कुरा गर्नु ? अहिलेको सरकारले बिर्तामोडको ६४ करोड बजेट कटौती गरेको छ । खाल्डाखुल्डी सामान्य समस्या हुन्, उहाँले भन्नुभयो – यो समस्या समाधान हुँदै जान्छ, ६४ करोड चै किन काटियो ? इजलाससँग कुरा गदैं उहाँले भन्नुभयो ।
वर्तमान सरकारले बिर्तामोड नगरपालिकाको रिङ रोड, नगर अस्पताल दक्षिणको बाटो लगायत दर्जनौ योजनाको बजेट कटौती गरेकोमा आक्रोस व्यक्त गर्नुभएको छ ।
भिडियो हेर्न यहाँ Click गर्नुहोस्







प्रतिक्रिया