झापा । एकल महिला राष्ट्रिय दिवसको अवसर पारेर झापाको बिर्तामोेडस्थित पर्यटकीय क्षेत्र विराटपोखरमा बृक्षरोपण गरिएको छ ।
मानव अधिकारका लागि महिला एकल महिला जिल्ला शाखाको आयोजना तथा नगर समितिको समन्वयमा बिर्तामोड–३ स्थित विराट पोखर परिषरमा बृक्षरोपण गरिएको हो ।
मानव अधिकारका लागि महिला एकल महिलाकी जिल्ला अध्यक्ष मिरा खड्काको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सुपारी, अमला, एभोकाडो लगायतका २० बढी विरुवा रोपण गरिएको आयोजक संस्थाकी अध्यक्ष मिरा खड्काले जानकारी दिनुभयो ।
यसअघि आयोजित औपचारिक कार्यक्रममा बोल्दै उपमेयर संग्रौलाले परिस्थितिले एकल हुनुपरेपनि महिलाहरु सक्षम रहेको बताउँदै एकल छु भनेर हिनताबोध नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, विराट सरोवर धार्मिक संस्थाका अध्यक्ष इन्द्रप्रसाद प्रसाई, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष सरु भुर्तेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । मिरा भट्टराईले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमको औचित्य माथि अध्यक्ष खड्काले प्रकाश पार्नुभएको थियो ।







प्रतिक्रिया