Banner news

भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित

भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित

A demonstrator holding a poster takes part in a protest rally in Kolkata on July 24, 2026, in solidarity with the ongoing protest by the Cockroach Janta Party (CJP) at New Delhi’s Jantar Mantar demanding the resignation of the country’s Education Minister Dharmendra Pradhan over alleged NEET examination irregularities. Leaders of India’s youth-led “Cockroach” movement held a second round of talks with government officials on July 24, after Prime Minister Narendra Modi pledged legal reforms and swift punishment for those involved in exam paper leaks. (Photo by Dibyangshu SARKAR / AFP)

नयाँ दिल्ली । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि पाँच हप्तादेखि चलिरहेको ‘कक्रोच जनता पार्टी’ (सीजेपी)को आन्दोलन स्थगित भएको छ । आन्दोलनकारीले  यसलाई लोकतन्त्रको जित भन्दै प्रदर्शन अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ ।

दिल्लीको जन्तर–मन्तरमा आन्दोलनरत हजारौँ प्रदर्शनकारीहरूले शिक्षामन्त्रीको राजीनामापछि नाचगान, नाराबाजी र मिठाई बाँडेर उत्सव मनाएका छन् । आन्दोलनका संस्थापक अभिजीत दिप्केले “हामी सफल भयौँ” भन्दै यो युवाहरूको ऐतिहासिक जित भएको बताउनुभएको छ ।

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्समार्फत राजीनामा घोषणा गर्दै पछिल्ला घटनाले आफू दुःखी भएको र विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको बताउनुभएको छ । ‘कक्रोच जनता पार्टी’ कुनै औपचारिक राजनीतिक दल नभई कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएको ‘कक्रोच’ प्रतीकमार्फत शुरु गरिएको व्यङ्ग्यात्मक अभियान हो ।

भारतको शिक्षा प्रणालीमा सुधार, परीक्षा प्रश्न पत्र चुहावट रोक्न कडा कानुन तथा शिक्षामन्त्रीको राजीनामाको माग गर्दै यो अभियानले व्यापक समर्थन पाएको थियो । शिक्षाविद् तथा अभियन्ता सोनम वाङचुकले आन्दोलनलाई समर्थन गर्दै आमरण अनशन बसेपछि प्रदर्शन थप सशक्त बनेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा प्रश्न पत्र चुहावटमा संलग्नलाई कडा सजाय दिन द्रुत अदालत गठन गर्ने तथा नयाँ कानुन ल्याउने घोषणा गरेपछि आन्दोलनको दबाब थप बढेको थियो । य

द्यपि आन्दोलनका संस्थापक दिप्केले शिक्षामन्त्रीको राजीनामा मात्रै अन्तिम लक्ष्य नभएको स्पष्ट पार्नुभएको छ । यस आन्दोलनलाई पछिल्ला वर्षहरूमा प्रधानमन्त्री मोदी सरकारविरुद्ध देखिएको सबैभन्दा प्रभावशाली युवा आन्दोलनका रूपमा हेरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares