काठमाडौं । हाल तीन दिनसम्म देशभर मौसम सक्रिय नरहने जल तथा मौसम विज्ञान विभाग जनाएको छ ।
तीन दिन आइतबार, सोमबार र मंगलबार मौसम सक्रिय नरहेका कारण केही ठाउँहरुमा छिटफुट वर्षा बाहेक भारी वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ ।
आज देशको हिमाली र पहाडी भूभागका धेरैजसो स्थानहरुमा मध्यम वर्षा हुने र दिउँसो भन्दा राती बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा मौसम बढी सक्रिय रहने बताइएको छ ।
कोशी मधेश र लुम्बिनि प्रदेशको केही स्थानहरुमा तथा कर्णाली र सुदुरपश्मिका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित मध्यम खालको वर्षा हुने देखिएको बताइएको छ ।
त्यस्तै बागमती र गण्डकी प्रदेशमा २४ घण्टा भित्र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना हुने देखिएकाले सचेत हुनपर्ने बरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
त्यस्तै सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका साथै पहाडी भूभाग र कर्णाली प्रदेशको पहाडी र तराई भूभागमा मध्यम खालको वर्षा हुने देखिएको विभागले जनाएको छ ।
मंगलबार कोशी बागमती प्रदेशको पहाडी भूभाग, गण्डकी लुम्बिनि कर्णाली र सुदूरपश्चिमको पहाडी र तराईको भूभागमा भारीदेखि मध्यम खालको वर्षा हुने भएकाले सतर्क रहन विभागले भनेको छ ।







प्रतिक्रिया