मुख्य समाचार

११ जना प्रहरी सम्पर्कविहीन

११ जना प्रहरी सम्पर्कविहीन


काठमाडौँ । लामो समयदेखि आफूखुसी गैर हाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ।

कार्यालयले सोमवार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोलीसहित सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।

खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत कार्यालयको सम्पर्कमा नआएपछि प्रहरीले यो सामूहिक सूचना जारी गरेको जनाएको छ।

शेयर गर्नुहोस :

0
Shares