Banner news

देवानगञ्ज घटनाको विषयमा मानव अधिकार आयोगको अनुसन्धान सुरु

देवानगञ्ज घटनाको विषयमा मानव अधिकार आयोगको अनुसन्धान सुरु


विराटनगर । सुनसरीको देवानगञ्जमा भएको घटनाका विषयमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान थालेको छ ।

आइतबार राती दुई समुदायबिच भएको झडप र प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको हो । आयोगले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालयले प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ ।

विज्ञप्तिमा आयोगको टोलीले प्रमुख जिल्ला अधिकारी, सुनसरी प्रहरी प्रमुख, अस्पताल प्रशासन र स्थानीयवासी सँग घटनाबारे जानकारी लिइरहेको उल्लेख छ ।

केही दिन अघि गाउँ पालिकाले बनाएको सोलार लाइटको पोलमा झन्डा राख्ने विषयमा सुरु भएको विवाद डिजे बजाउने क्रममा उत्कर्षमा पुगेको र तोडफोड तथा झडपमा परिणत भएको आयोगले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु हुनुका साथै ९ जना घाइते भएको अनुगमनमा पाइएको विज्ञप्तिमा उल्लेख छ । घाइतेमध्ये घाइतेहरूको न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

शेयर गर्नुहोस :

0
Shares