काँकरभिट्टा । झापा मेचीनगर – ६ काँकरभिट्टास्थित भानु टोल नजिकै रहेको अरुणोदय मावि परिसरको भवनभित्र एक शिक्षिकाको शव फेला परेको छ ।
सड्न लागेको अवस्थामा शिक्षिका कविता ढुंगानाको शव फेला परेको छ । उनका श्रीमान शिक्षक रतन गुप्ता भने फरार रहेका छन् ।
शिक्षिका ढुंगानाको स्थायी घर सर्लाहीको लालबन्दी नगरपालिका –२ नेत्रगन्ज रहेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले घटनास्थलको अनुसन्धान गरिरहेको छ । थप जानकारी आउन बाँकी छ ।







प्रतिक्रिया