काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सुनसरीको कप्तानगञ्जमा भएको घटनाको छानबिन गर्न माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको सत्यतथ्य, निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढङ्गबाट छानबिन गरी कानुनविपरीत हिंसा भड्काउने, हत्या, आगजनी वा सामाजिक सदभाव बिथोल्ने जुनसुकै व्यक्ति वा समूह भए पनि कानुनबमोजिम कडा कारबाही गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ। दण्डहीनताको संस्कृतिले यस्ता घटनालाई थप प्रोत्साहन गर्ने भएकाले दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिनु हुँदैन।’
पटकपटक दोहोरिइरहेको यस्ता घटनालाई सधैँको लागि अन्त्य गर्न सर्वपक्षीय समिति बनाइ सरकारले तत्काल संवादको थालनी आग्रह गरेका छन्।
राप्रपा हिंसा, अराजकता र साम्प्रदायिक द्वेषको राजनीति कुनै पनि रूपमा स्वीकार नगर्ने बताएका छन्। परिस्थितिको संवेदनशीलतालाई ध्यान दिई सामाजिक एकता, आपसी सदभाव र संयम कायम राख्न आम जनसमुदायलाई अपिल गरेका छन्।







प्रतिक्रिया