काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीको अनुपस्थितिमाथि कडा प्रश्न उठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनाका विषयमा समस्या समाधानको सामूहिक पहल गर्न आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन पुगेका थापाले उक्त धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री कहाँ छन् भनी सोधेका हुन् ।

थापाले यतिखेर सरकार स्ट्याटसमा मात्र सीमित भएको र अरूलाई विश्वास गर्न नसकेको टिप्पणी गरे । यस्तो संवेदनशील समयमा प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक डाक्ने, राष्ट्रपतिलाई भेट्ने तथा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर साझा प्रयास गर्नुपर्नेमा त्यसो हुन नसकेको उहाँको भनाइ थियो । विगतका विपत्तिहरूमा पनि राजनीतिक दलहरूले आपसी तिक्तता त्यागेर एकता देखाएको स्मरण गराउँदै उहाँले वर्तमान अवस्थालाई राज्यको असफलताको परिणामको रूपमा व्याख्या गर्नुभयो ।
नेपाली कांग्रेसले सुनसरी घटनालाई आन्तरिक हिसाबले छानबिन गरे पनि सरकारलाई अप्ठेरोमा नपार्ने स्पष्ट पार्दै थापाले यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खोजेर वा ठालू बनेर बस्न नमिल्ने बताउनुभयो । प्रधानमन्त्रीले सकारात्मक रूपमा काम गर्नुपर्ने सन्देश रास्वपा सभापतिमार्फत पु¥याउन भनिएको उहाँले जानकारी दिनुभयो ।
साथै, थापाले कांग्रेसका जनप्रतिनिधि र नेताहरूलाई पनि आपसमा बैठक बसेर समस्या समाधानको प्रयत्न गर्न र सुनसरी लगायतका प्रभावित जिल्लाहरूमा यस्ता घटना हुन नदिन भूमिका खेल्न आग्रह गरिएको बताउनुभयो ।







प्रतिक्रिया