काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले सुनसरीका नागरिकका लागि सरकारले अभिभावको भूमिका खेलेको छ भन्ने प्रत्याभूति हुनुपर्ने बताएका छन् ।
बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोखरेलले नागरिकको सुरक्षाको जिम्मेवारी सबैको साझा भएको उल्लेख गरे ।
उनले मुलुकमा सद्भाव कायम राख्नका लागि सबैको सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरे । ‘सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको छ भन्ने प्रत्याभूति हुनुपर्छ’ उनले भने । यस्ता घटनाहरू घट्नमा के कारण छन् भन्ने पनि पहिचान गर्नुपर्ने उनले बताए ।
‘सुरक्षा निकायको मनोबल गिरेका कारण यस्ता घटना हुन्छन् वा सुरक्षा निकायलाई भिड व्यवस्थापन गर्न सक्ने र नागरिकको ज्यान नजाने गरी ध्यान दिन जरुरी छ’ महासचिव पोखरेलले भने ।







प्रतिक्रिया