बिर्तामोड । सामाजिक सेवामा क्रियाशिल महिलाहरुको संस्था इनर ह्वील क्लव अफ बिर्तामोड मिड टाउनको आठौं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडमा आज एक विशेष समारोहका बिच पदहस्तान्तरण सम्पन्न भएको हो ।
सन् २०२६ र २७ का लागि नवनिर्वाचित अध्यक्ष रजनी राउत (रिजु क्षेत्री पाण्डे) ले इनर ह्वील क्लव अफ बिर्तामोड मिड टाउनको अध्यक्षको रुपमा पदभार ग्रहण गर्नुभएको छ । यसअघिको कार्यकालको अध्यक्ष लुना बस्नेतले पाण्डेलाई पदहस्तान्तरण गर्नुभएको हो ।

इनर ह्वील क्लवको जिल्ला अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिको प्रमुख आतिथ्यतामा पदहस्तान्तरण समारोह सम्पन्न भएको हो । सो अवसरमा निवर्तमान अध्यक्ष बस्नेतले आफ्नो कार्यकालमा गर्नुभएको सामाजिक गतिविधिहरु सार्वजनिक गर्नुभएको थियो । सामाजिक सचेतनादेखि आँखा दानसम्मका कार्यक्रमहरु सम्पन्न गरिएको उहाँको भनाई थियो । सोही कार्यक्रममा कार्यकालमा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गर्नुभयो ।
पदभार ग्रहण गर्ने अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा समाज रुपान्तरणका निम्ति योगदान गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सबैको साथ सहयोगबाट कार्यकाल सफल बनाउने धारणा व्यक्त गर्नुभएको छ । नयाँ समितिको उपाध्यक्षमा कमला पौडेल, सचिवमा अनिता शर्मा, कोषाध्यक्षमा रेखा अग्रवाल, आइएसओमा निशा गिरी, सम्पादकमा सृजना थापा, सहसम्पादकमा मुनमुन अग्रवाल रहनु भएको छ ।
यस्तै कार्यकारी सदस्यहरुमा वर्षा राजभण्डारी, रेनु गोयल, अपेक्षा कार्की, सुनिता खरेल, रिचा अग्रवाल मंगल र अञ्जु अग्रवाल वंशल रहनु भएको छ ।

सोही कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काले समुन्नत समाज निर्माणमा महिलाको योगदान महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सिंगो समाजलाई उज्यालो बाटोमा डोहोर्याउन महिलाको योगदान प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो । उहाँले लागूऔषधको विकराल अवस्थाबारे जानकारी दिदैं न्यूनिकरणका लागि आवश्यक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।







प्रतिक्रिया