मुख्य समाचार

एमालेका ६ जना जनप्रतिनिधिको पद रिक्त

एमालेका ६ जना जनप्रतिनिधिको पद रिक्त


काठमाडौँ । निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित ६ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ।

राजनीतिक दल सम्बन्धी ऐन अनुसार दल त्याग गरेको पाइएकाले उनीहरूको पद स्वतः रिक्त भएको आयोगले जनाएको हो।

आयोगले आज एक सूचना जारी गर्दै २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित ती प्रतिनिधिहरूले पार्टीको विधान प्रतिकूल कार्य गरी दल त्याग गरेको भनी एमाले केन्द्रीय सचिवालयले जानकारी गराएपछि यस्तो निर्णय गरिएको जानकारी दिएको छ।

पद रिक्त हुनेहरूमा मोरङको बेलबारी नगरपालिका-३ का वडा अध्यक्ष योगेन्द्र प्रसाद सुवेदी, जाजरकोटको भेरी नगरपालिका-१० का वडा अध्यक्ष दल बहादुर राना, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ का वडा अध्यक्ष दिनेश कुमार राई, रौतहटको देवाही गोनाही नगरपालिका–४ का वडा अध्यक्ष राम प्रवेश प्रसाद कुर्मी, रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल शाह कानु  र खोटाङको खोटेहाङ गाउँपालिका–४ का वडा सदस्य प्रदिप आचार्य रहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares