बिर्तामोड । झापाको बिर्तामोडस्थित भाटभटेनी सुपरस्टोरमा दिनरात सयौं कामदारले पुनःनिर्माणको काम गरिरहेका छन् । पुनःसञ्चालनको तयारीमा रहेको भाटभटेनी सुपरस्टोर यहि भदौं १४ गतेबाट सञ्चालनमा आउँदैछ ।
जेनजी आन्दोलनका क्रममा लुटपाट र अपराधिक मानसिकता भएकाहरुले बिर्तामोडको भाटभटेनीमा आगजनी गर्नुको साथै लुटपाट गरेका थिए ।

सञ्चालनअघि साउन अन्तिमसम्म भवन पूर्ण रुपमा तयारी गर्ने योजना रहेको अपरेशन म्यानेजर लक्ष्मी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ६० प्रतिशतभन्दा धेरै काम भइसकेको छ । साउनभित्र काम सकेर भदौं १४ मा पुनःउद्घाटन गरिने छ । ४५० भन्दा धेरै श्रमिक राती अवेरसम्म पुनःनिर्माणको काममा सक्रिय हुनुभएको छ, उहाँले भन्नुभयो – आम उपभोक्ताको व्यग्र प्रतिक्षा हामी छिट्टै समाप्त गर्दैछौं । उपभोक्ताहरुलाई स्वागत गर्न आतुर रहेको उहाँको भनाई थियो ।
बिर्तामोडमा भाटभटेनी सुपरस्टोरले २ सय जनालाई रोजगारी प्रदान गरेको छ । १५० जनालाई पार्टटाइम रोजगारी उपलब्ध गराइने गुरुङको भनाई छ ।
आगजनीबाट क्षति भएको भवनमा आवश्यक प्राविधिक प्रक्रिया पुरा गरेर काम गरिएको अपरेशन म्यानेजर गुरुङले जानकारी दिनुभयो ।








प्रतिक्रिया