मुख्य समाचार

बङ्गलादेशमा दादुरा प्रकोपका कारण ५ महिनामा ८ सयभन्दा धेरै बालबालिकाको ज्यान गयो

बङ्गलादेशमा दादुरा प्रकोपका कारण ५ महिनामा ८ सयभन्दा धेरै बालबालिकाको ज्यान गयो

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 75

बङ्गलादेश – बङ्गलादेशमा दशकौँमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौँ बालबालिकाको ज्यान लिएको छ । यसले विपन्न परिवारहरूमा गम्भीर आर्थिक असर पारेको सहायता समूहहरूले चेतावनी दिएका छन् ।

स्वास्थ्य विभागको तथ्याङ्कअनुसार मार्च १५ देखि अगस्टको शुरुसम्मको झण्डै ५ महिनामा दादुरा प्रभावित ८४४ जना बालबालिकाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट समाजहरूको महासङ्घ (आइएफआरसी) र बङ्गलादेश रेडक्रिसेन्ट सोसाइटीका अनुसार दादुराबाट प्रभावित १० मध्ये ९ परिवारले उपचार खर्च धान्न ऋण लिन बाध्य भएका थिए ।

सर्वेक्षण गरिएका परिवारमध्ये ३५ प्रतिशतलाई औषधिको खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने २२ प्रतिशतलाई खाना उपलब्ध गराइएको थियो । धेरै प्रभावित परिवार गरिब समुदायका रहेको र उनीहरू अनौपचारिक काममा निर्भर रहेका पाइएको छ ।

धेरै हेरचाहकर्ताहरूले बिरामी बच्चाको हेरचाह गर्न लामो समय अस्पतालमै बस्नुपरेका कारण जागिर गुमाएको बताएका छन् । दादुरा अत्यन्त सङ्क्रामक रोग हो, जुन खोकी र हाच्छ्युँमार्फत फैलिन्छ । यो रोग जोसुकैलाई लाग्न सक्छ तर बालबालिकामा सबैभन्दा बढी देखिन्छ ।

शेयर गर्नुहोस :

0
Shares